डिफेन्डिङ च्याम्पियन चेल्सी र रियल क्वाटरफाइनल मै भिड्ने

काठमाडौं (एजेन्सी) । प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा साविक विजेता चेल्सी र सर्वाधिक सफल क्लब रियल मेड्रिड आमने सामने हुने भएका छन् ।

शुक्रबार निकालिएको क्वाटरफाइनल ड्र अनुसार इङलिस च्याम्पियन म्यानचेष्टर सिटीले एटलेटिको मेड्रिडलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । त्यस्तै दावेदार मानिएको बायर्नले भिल्लारियलको सामना गर्नेछ भने लिभरपुलले बेनफिकासँग भिड्नेछ ।

क्वाटरफाइनलतर्फ पहिलो लेगका खेलहरु ५ र ६ अप्रिलका दिन हुनेछन् भने दोस्रो लेगको ड्र १२ र १३ अप्रिलका दिन हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...