बराबरीमा रोकियो सिटी (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । साविक विजेता तथा लिगलिडर म्यानचेष्टर सिटी प्रिमियर लिगतर्फ सोमबार राती क्रिस्टल प्यालेससँग उसकै घरमा गोलरहित बराबरीमा रोकिन बाध्य भएको छ ।

सिटी विरुद्ध जुझारु प्रदर्शन गरेको प्यालेसले महत्वपूर्ण अंक खोस्न पनि सफल भयो । यो बराबरी नतिजाले सिटीलाई भने उपाधि होडमा धक्का लागेको छ ।

सोमबारको नतिजापछि २९ खेलबाट ७० अंक जोडेको सिटी शिर्ष स्थानमा छ । यद्यपि दोस्रो स्थानको लिभरपुलसँग अंक दुरी बढाउन असफल भएको छ । ६६ अंकका साथ दोस्रो स्थानमा रहेको लिभरपुललाई यो नतिजाले भने फाईदा पुगेको छ । लिभरपुलले एक खेल कम पनि खेलेको छ ।

उता सिटीलाई रोक्न सफल प्यालेस भने ३४ अंकका साथ ११औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...