काठमाडौं (एजेन्सी) । स्पेनिस ला लिगामा यस सिजन उपाधिको दावेदारका रुपमा रहेको रियल मेड्रिडले लिगतालिकामा आफ्नो शिर्षतालाई यथावत राखेको छ ।
ला लिगातर्फ सोमबार राती रियलले मालोर्कामाथि ३–० को शानदार जित निकाल्यो । रियलका लागि फ्रेन्च स्टार करिम बेन्जेमाले दुई गोल आफ्नो नाममा लेखाए ।
यद्यपि रियलका लागि गोलको खाता भने ५५औं मिनटमा भिनिसियस जुनियरले खोलेका थिए । बेन्जेमाले ७७औं मिनटमा पेनाल्टीबाट दोस्रो गोल थपे भने ८२औं मिनटमा तेस्रो गोल गर्दै टोलीको सुनिश्चित गरे ।
यो जितपछि २८ खेलबाट ६६ अंक जोडेको रियल शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानको टोली सेभिया भन्दा १० अंकले अगाडी छ । उता पराजित मालोर्का भने २८ अंकका साथ १६औं स्थानमा छ ।