मेड्रिडमा जोगिएको म्यानचेष्टर (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । युइएफए च्याम्पियन्स लिगको नकआउट चरणतर्फ पहिलो लेगमा म्यानचेष्टर युनाइटेड सम्भावित हारबाट जोगिएको छ । साथै महत्वपूर्ण अवे गोल पनि आफ्नो खातामा पार्न सफल भएको छ ।

बुधबार राती मेड्रिडमा सम्पन्न खेलमा म्यानचेष्टले घरेलु टोली एटलेटिको मेड्रिडलाई १–१ को बराबरीमा रोक्यो र महत्वपूर्ण अवे गोलको फाईदा निकाल्न सफल भयो ।

खेलको सातौं मिनटमै जोआओ फेलिक्सको गोलबाट अग्रता बनाएको एटलेटिकोले त्यसलाई अन्तिम दश मिनट जोगाउन सकेन । उता रेड डेविल्सका लागि ८०औं मिनटमा एन्थोनी इलंगाले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

अब दोस्रो लेगको खेल आगामी १५ मार्चका दिन म्यानचेष्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

त्यस्तै बुधबार राती नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेनफिका र डच च्याम्पियन एजाक्सले पनि २–२ गोलको रोमाञ्चक बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस

Loading...