रोकियो युभेन्टस (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । इटालियन महारथी युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणतर्फ पहिलो लेगमा भिल्लारियलसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको छ । खेल शुरु भएको पहिलो मिनट मै डुसना व्लाहोभिकले युभेन्टसका लागि शुरुवाती गोल गरे तापनि त्यो अग्रता जोगाउन सकेन ।

व्लाहोभिकले खेल शुरु भएको ३२ सेकेण्ड मै गोल गरेका थिए । जुन च्याम्पियन्स लिगको इतिहासमा एउटा डेब्यु खेलाडीले गरेको सबैभन्दा छिटो गोल समेत थियो । यद्यपि दोस्रो हाफको ६६औं मिनटमा डेनिल पारेजोले भिल्लारियलका लागि बराबरी गोल गर्दै घरेलु टोलीको सम्भावित हार पारेका थिए ।

बराबरीका बावजुद युभेन्टसले अवे गोलको फाईदा भने हुनेछ । अब दोस्रो लेगको खेल १६ मार्चका दिन युभेन्टसको घरेलु मैदान टुरिन स्थित युभेन्टस स्टेडियममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...