पहिलो लेगमा चेल्सीको पकड (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । यूइएफए च्याम्पियन्स लिगको नकआउट चरणतर्फ पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन चेल्सीले आफ्नो पकड बनाएको छ । तुलनात्मक रुपमा केही सहज प्रतिद्वन्द्वी पाएको चेल्सीले मंगलबार राती फ्रेन्च क्लब लिलेलाई २–० ले हरायो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलको आठौं मिनटमै काइ हेभर्जको गोलबाट ब्लुजले खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो गोल भने ६३औं मिनटमा अमेरिक स्टार क्रिष्टियन पुलिसिकले गरे । अब दोस्रो लेगको खेल १६ मार्चका दिन लिलेको घरेलु मैदानमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...