इन्टर घरमै स्तब्ध (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन इन्टर मिलान इटालियन सिरि ए तर्फ आइतबार आफ्नो घरेलु मैदान सान सिरोमा ससुओलोसँग २–० ले स्तब्ध बन्न पुगेको छ ।

ससुओलोले खेलको आठौं मिनटमै जियाकोमो रेस्पाडोरीको गोलबाट खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । लगतै २६औं मिनटमा जियानलुका स्कामाकाले गरेको दोस्रो गोल इन्टरलाई उसकै घरमा निराश बनाउन प्रर्याप्त बन्यो ।

यो हारपछि २५ खेलबाट ५४ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भने ५६ अंकका साथ एक खेल बढी खेलेको एसी मिलान रहेको छ । उता सनसनीपूर्ण जित निकालेको ससुओलो २६ खेलबाट ३३ अंकका साथ ११औं स्थानमा उक्लेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...