बार्यनको उत्कृष्ट जितमा लेवान्डोस्कीको दुई गोल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । जर्मन जायन्ट बायर्न म्युनिखले आइतबार फर्थलाई ४–१ ले हराएको खेलमा पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले दुई गोल आफ्नो नाममा लेखाए । खेलमा बायर्नले उत्कृष्ट पूनःरागमन गरेको थियो । अग्रता भने सनसनीपूर्ण रुपमा फर्थले लिएको थियो ।

खेलको ४२औं मिनटमा ब्रानिमिरको गोलबाट फर्थले खेलमा अग्रता बनाएको थियो । साथै त्यो अग्रता टोलीले पहिलो हाफसम्म कायम पनि राख्यो । तर दोस्रो हाफमा भने बायर्न पूर्ण आक्रमक र हावी देखियो । दोस्रो हाफ शुरु भएको पहिलो मिनटमै लेवान्डोस्कीले बायर्नका लागि बराबरी गोल फर्काए ।

खेलको ६१औं मिनटमा फर्थका ग्रिसबेकले आत्मघाती गोल गर्दा बायर्नले खेलमा २–१ ले अग्रता बनाउन सफल भएको थियो । ८२औं मिनटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे भने खेलको अन्तिमतिर चुपो मोटेङले चौथो गोल गर्दै डिफेन्डिङ च्याम्पियनको जित पक्का गरे ।

यो जितसँगै २३ खेलबाट ५५ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानको टोली बोरुसिया डर्टमुण्ड भन्दा ६ अंकले अगाडी समेत छ । उता पराजित फर्थ भने १३ अंकका साथ पुछारमा छ र रेलिगेशनको त्रासमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...