बार्साका लागि गाबोन स्टारको डेब्यु गोल र ह्याट्रिक (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इङलिस क्लब आर्सनलबाट यसै सिजन बार्सिलोनामा आवद्ध भएका गाबोन स्टार पिएरे एमरिक औबमेयाङले क्याटलन जायन्टका लागि डेब्यु गोलसहित उत्कृष्ट ह्याट्रिक गरेका छन् ।

स्पेनिस ला लिगातर्फ आइतबार बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ ले हराएको खेलमा औबमेयाङले ह्याट्रिक गरेका हुन् । औबेमयाङले २३, ३८ र ६३औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । थप एक गोल भने ३२औं मिनटमा फ्रैन्की डि जोंगले गरेका थिए ।

बार्सिलोनाका लागि गरिएको अन्तिम गोल खासगरी पेड्रीलाई दिइएको थियो । तर पछि निर्णायकले त्यो गोल औबमेयाङलाई लाग्दै भएकोले उक्त गोललाई पनि औबमेयाङ कै खातामा पारिएको थियो ।

उता पराजित भ्यालेन्सियाका लागि भने दोस्रो हाफको ५२औं मिनटमा कार्लोस सोलेरले एक मात्र गोल फर्काएका थिए । यो जितसँगै २४ खेलबाट ४२ अंक जोडेको बार्सिलोना चौथो स्थानमा उक्लेको छ । पराजित भ्यालेन्सिया भने २५ खेलबाट ३० अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...