६ गोलको थ्रीलरमा म्यानचेष्टरको जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । थ्रीलर जित निकाल्दै म्यानचेष्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा शिर्ष चारको आफ्नो पकड बलियो बनाएको छ । आइतबार राती लिड्सलाई उसकै घरमा ४–२ ले हराएको म्यानचेष्टरले लिगतालिकाको शिर्ष चारमा आफ्नो पकड बनाएको हो ।

खेलको ३४औं मिनटमा ह्यारी मेगिरको गोलबाट म्यानचेष्टरले खेलमा अग्रता लिएको थियो । पहिलो हाफ कै इन्जुरी समयमा ब्रुनो फर्नान्डेसले त्यो अग्रता दोब्बर पारे । यद्यपि दोस्रो हाफमा भने लिड्सले खेलमा पूनःरागमन गर्यो । ५३औं मिनटमा रोड्रिगोले पहिलो गोल गर्दै लगतै ५४औं मिनटमा राफिन्हाले लिड्सका लागि बराबरी गोल फर्काएका थिए ।

तर खेलमा फेरि पनि म्यानचेष्टरले आफ्नो दबाब कायम राख्यो । ७०औं मिनटमा फ्रेडले म्यानचेष्टरका लागि तेस्रो गोल गरे भने ८८औं मिनटमा इलंगाले चौथो गोल थप्दै पाहुना टोलीको जित पक्का गरे ।

यो जितपछि २६ खेलबाट ४६ अंक जोडेको म्यानचेष्टर लिगतालिकाको चौथो स्थानमा छ । उता पराजित लिड्स भने २३ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...