नान्टेससँग पिएसजीको हार

काठमाडौं (एजेन्सी) । फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानतर्फ शनिबार राती नान्टेससँग ३–१ को हार बेहोरेको छ । नान्टेसले तीनै गोल पहिलो हाफमा गर्यो ।

खेलको चौथो मिनटमै कोलो मुनीको गोलबाट नान्टेसले खेलमा अग्रता लिएको थियो । १६औं मिनटमा मर्लिनले त्यो अग्रता दोब्बर बनाए । त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा ब्लासले पेनाल्टीबाट तेस्रो गोल थपे र नान्टेसको जित पक्का गरे ।

उता पिएसजीका लागि दोस्रो हाफ शुरु भए लगतै नेमारले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै ५९औं मिनटमा नेमारले नै पेनाल्टी चुकाउँदा पिएसजी चुकचुकाउनु परेको थियो ।

यो हारका बावजुद २५ खेलबाट ५९ अंकका साथ पिएसजी शिर्ष स्थानमा यथावत छ । उता जित निकालेको नान्टेस भने ३८ अंकका साथ पाँचौं स्थानमा उक्लेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...