सिटी हार्दा लिभरपुललाई फाईदा

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ । शनिबार अबेर राती भएको खेलमा साविक विजेता तथा लिगलिडर म्यानचेष्टर सिटीले स्तब्धपुर्ण हार बेहोर्दा उसलाई पछ्याईरहेको लिभरपुललाई भने फाईदा पुगेको छ ।

शनिबार सिटीले टोटेनह्यामसँग ३–२ को स्तब्धपुर्ण हार बेहोर्दा सोही दिन भएको अर्को खेलमा लिभरपुलले नर्विच सिटीलाई ३–१ ले हराएको थियो । त्यो नतिजापछि २६ खेलबाट ६३ अंक जोडेको सिटी शिर्ष स्थान मै छ, तर दोस्रो स्थानको लिभरपुलसँग अंक दुरी बढाउनबाट असफल भएको छ ।

एक खेल कम खेलेको लिभरपुल ५७ अंकका साथ दोस्रो स्थानमा छ । र रेड्सले पनि आफ्नो उपाधि होडको सम्भावनालाई कायम राखेको छ । उता सिटीलाई हराएको टोटेनह्याम २३ खेलबाट ३९ अंकका साथ सातौं स्थानमा उक्लेको छ । त्यस्तै लिभरपुलसँग पराजित नर्विच भने १७ अंकका साथ पुछार मै छ ।

शनिबार नै भएका अन्य खेलहरुमा शिर्ष चारको टोली चेल्सीले शहरी प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसमाथि १–० को महत्वपूर्ण जित निकाल्यो । त्यस्तै आर्सनलले ब्रेन्टफोर्डमाथि २–१ को जित निकाल्दै शिर्ष चारमा आफ्नो दावेदारितालाई पनि यथावत राख्यो । चेल्सीको २५ खेलबाट ५० अंक छ र लिगतालिकाको तेस्रो स्थानमा छ । त्यस्तै २३ खेलबाट ४२ अंक जोडेको आर्सनल छैठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...