सिटीसँग निरीह बनेको लिस्बोन (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । गत संस्करणको उपविजेता समेत रहेको म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलतर्फ पहिलो लेगमा स्र्पोटिङ लिस्बोनमाथि ५–० को फराकिलो जित हात पारेको छ ।

लिस्बोनको घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफ मै चार गोल गरेको थियो । खेलको सातौं मिनटमै रियाद महरेजको गोलबाट सिटीले अग्रता बनाएको थियो । १७औं मिनटमा बर्नाडो सिल्वाले त्यो अग्रता दोब्बर पारे ।

त्यस्तै ३२औं मिनटमा फिल फोडेनले तेस्रो गोल थप्दा लगतै ४४औं मिनटमा सिल्वाले व्यक्तिगत दोस्रो तथा सिटीका ला िचौथो गोल गरेका थिए । त्यसैगरी दोस्रो हाफको ५८औं मिनटमा रहिम स्टर्लिङले पाँचौं गोल गर्दै सिटीको जित पक्का गरेका थिए ।

यो शानदार जितसँगै सिटीले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगको खेल सिटीको घरेलु मैदानमा आगामी ९ मार्चका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...