पहिलो लेगमा पिएसजीसँग हार्यो रियल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलतर्फ पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले महत्वपूर्ण जित हात पारेको छ । मंगलबार राती पार्क डेस प्रिन्सेसमा सम्पन्न पहिलो लेगको खेलमा उपाधिको दावेदार मध्ये एक रियल मेड्रिडमाथि १–० को जित निकालेर महत्वपूर्ण अग्रता बनाएको हो ।

यद्यपि त्यो जितका लागि पिएसजीलाई खेलको अन्तिमतिर इन्जुरी समयसम्म संघर्ष गर्नुपर्यो । त्यसअघि खेलको ६२औं मिनटमा पिएसजीले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्न सकेन । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले त्यो पेनाल्टी प्रहार मिस गर्दा घरेलु टोली चुकचुकाउनु परेको थियो ।

तर खेलको ९०+४औं मिनटमा नेमारको पासको सटिकट पासमा काइलन एम्बाप्पेले गरेको एक मात्र गोल पिएसजीलाई पहिलो लेगमा महत्वपूर्ण अग्रता लिन प्रर्याप्त बन्यो । अब दोस्रो लेगको खेल ९ मार्चका दिन रियलको घरेलु मैदान सान्टियागो बर्नबेयुमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...