घरमै रोकियो म्यानचेष्टर युनाइटेड

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगमा यस सिजन एकनासको प्रदर्शन गर्न नसकिरहेको म्यानचेष्टर युनाइटेडले शनिबार साउथाम्पटनसँग १–१ को बराबरी खेल्न बाध्य भएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा रेड डेविल्सले २१औं मिनटमा जेडन सान्चोको गोलबाट खेलमा शुरुवाती अग्रता बनाएको थियो । तर दोस्रो हाफ शुरु भएको तेस्रो मिनट मै ची एडम्सले साउथाम्पटनका लागि गोल गर्दै खेललाई बराबरीमा ल्यकाएका थिए ।

यो नतिजापछि २४ खेलबाट ४० अंक जोडेको म्यानचेष्टर युनाइटेड लिगतालिकाको पाँचौं स्थानमा छ । उता युनाइटेडलाई बराबरीमा रोक्न सफल साउथाम्पटन २९ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...