लाम्पार्ड र कोल फेरि एक साथ

काठमाडौं (एजेन्सी) । दुई इङलिस लिजेण्डरी फुटबलर फ्रान्क लाम्पार्ड र एश्ली कोल फेरि एक साथ काम गर्ने पक्का भएको छ । यसअघि इङल्याण्ड फुटबल टोली र चेल्सी फुटबल क्लबका लागि एक साथ खेलेका लाम्पार्ड र कोल फेरि नयाँ भूमिकामा सँगै देखिने भएका हुन् ।

स्मरण रहोस, लाम्पार्ड र कोल दुवै इङलिस प्रिमियरशिप क्लब इभर्टनसँग जोडिएका छन् । यद्यपि लाम्पार्डले क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाउने छन् भने कोलले टोलीको प्रशिक्षकका रुपमा लाम्पार्डलाई ब्याकरुममा साथ दिने छन् । यसअघि कोलले इङल्याण्डको यु–२१ टोलीको सहायक प्रशिक्षक र चेल्सीको एकेडेमीमा पनि एक साथ काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...