उपाधिका लागि सलाह र मानेको भिडन्त

काठमाडौं (एजेन्सी) । प्रतिष्ठित अफ्रिका कप अफ नेशन्सको फाइनलमा गत संस्करणको उपविजेता सेनेगल र इजिप्ट भिड्ने पक्का भएको छ । यसको अर्थ इङलिस जायन्ट लिभरपुलका दुई स्टार साडियो माने र मोहमद सलाह फाइनलमा एक आपसमा भिड्ने तय भएको हो ।

दोस्रो सेमिफाइनलमा इजिप्टले आयोजक क्यामरुनलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराएपछि फाइनलमा सेनेगल र इजिप्टको भेक्का निश्चित बनेको हो । त्यसअघि निर्धारित समयको खेल र अतिरिक्त समयको खेल दुवै टोलीले प्रतिस्पर्धात्मक रुपमा गोलरहित बराबरी खेलेका थिए ।

स्मरण रहोस, सेनेगलले यसअघि नै भएको पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गरिसकेको थियो । फाइनल खेल ६ फेब्रुअरीका दिन हुनेछ । त्यस्तै त्यसको एक दिन अघि ५ फेब्रुअरीका दिन बुर्किना फासो र आयोजक क्यामरुन तेस्रो स्थानका लागि प्ले अफ म्याच खेल्ने कार्यक्रम पनि तय भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...