काठमाडौं (एजेन्सी) । चर्चित फुटबल क्लब म्यानचेष्टर युनाइटेडका युवा फुटबलर मेसन ग्रीनवुड जमानतमा रिहा भएका छन् । ग्रीनवुडमाथि एक महिलालाई बलात्कार गरेको आरोप र आशंकामा पक्राउ गरिएको थियो । त्यति मात्र नभएर उनलाई आइतबार नै पुलिसले हातपातको मुद्दामा पनि पक्राउ गरेको थियो ।
त्यसलगतै मंगलबार उनलाई बलात्कार र ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको थियो । यो घट्ना लगतै म्यानचेष्टर युनाइटेडले आधिकारिक वक्तव्य निकाल्दै २० बर्षिय ग्रीनवुड अर्को सूचना नआउँदासम्म क्लबको अभ्यास र अन्य कुनै म्याचमा उपलब्ध नहुने जानकारी गराएको थियो ।
यो घट्नापछि ग्रीनवुड आवद्ध विभिन्न स्पोर्टस ब्राण्ड र प्रायोजकहरुले पनि उनीसँगको सम्झौता स्थगित गरेको छ । त्यति मात्र नभएर म्यानचेष्टरले आफ्नो वेबसाईटमा ग्रीनवुडको जर्सी बिक्री समेत बन्द गरेको खबर बाहिरिएको थियो ।
Man Utd footballer Mason Greenwood released on bail https://t.co/XJNztKnOv4
— BBC News (UK) (@BBCNews) February 2, 2022