पिएसजीका लागि रेमोसको डेब्यु गोल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । स्पेनिस लिजेण्डरी डिफेन्डर सर्जियो रेमोसले आफ्नो नयाँ क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि आइतबार डेब्यु गोल गरेका छन् ।

पेरिस आए लगतै चोटिल बनेर शुरुवाती खेलहरु खेल्न नसकेको रेमोसले आइतबार रिम्स विरुद्धको ४–० को जितमा एक गोल आफ्नो नाममा लेखाए ।

४४औं मिनटमा मार्को भेराटीको गोलबाट पिएसजीले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६२औं मिनटमा रेमोसले त्यो अग्रता दोब्बर पारे । लगतै रिम्सका फैजले आत्मघाती गोल गर्दा पिएसजीले त्यो अग्रता तेब्बर बनाउन सफल भयो ।

खेलमा एकपक्षीय जित निकालेको पिएसजीका लागि ७५औं मिनटमा डानिलोले चौथो गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरेका थिए ।

यो जितपछि २२ खेलबाट ५३ अंक जोडेको पिएसजी शिर्ष स्थानमा यथावत छ । उता पराजित रिम्स भने २४ अंकका साथ १४औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...