तीन सातामा तेस्रोपटक चेल्सीसँग हार्यो टोटेनह्याम (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगतर्फ आइतबार भएको लण्डन डर्बी भिडन्तमा चेल्सीले रोमाञ्चक जित हात पारेको छ । आइतबार अबेर राती भएको खेलमा चेल्सीले शहरी प्रतिद्वन्द्वी टोटेनह्यामलाई २–० ले हरायो ।

दुवै गोल दोस्रो हाफमा सम्पन्न भए । पहिलो गोल ४७औं मिनटमा हकिम जियचले गरे । जुन गोल दर्शनीय पनि थियो । त्यस्तै दोस्रो गोल भने लगतै ५५औं मिनटमा थियागो सिल्वाले गरे । जुन खेलको अन्तिम गोल पनि बन्यो ।

तीन सातामा टोटेनह्याममाथि चेल्सीको यो तेस्रो जित थियो । चेल्सीले यस सिजन लिगको दुवै लेगमा टोटेनह्यामलाई हराउन सफल भयो भने केही दिन अघि मात्र सम्पन्न इङलिस लिग कपको सेमिफाइनलमा पनि चेल्सीले टोटेनह्यामलाई मात दिएको थियो ।

साथै यो जितसँगै चेल्सीले आफ्नो लिग उपाधिको सम्भावनालाई पनि कायम राखेको छ । यो जितपछि २४ खेलबाट ४७ अंक जोडेको चेल्सी लिगतालिकाको तेस्रो स्थानमा छ । उता पराजित टोटेनह्याम भने २० खेलबाट ३६ अंकका साथ सातौं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...