शिर्ष चारमा उक्लियो म्यानचेष्टर (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगमा शनिबार राती म्यानचेष्टर युनाइटेडले संघर्षपुर्ण जित निकाल्दै लिगतालिकाको शिर्ष चारमा उक्लिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा म्यानचेष्टरले लण्डन क्लब वेस्ट ह्याम युनाइटेडमाटि १–० को महत्वपूर्ण जित निकाल्यो ।

खेलको इन्जुरी समयमा इडिन्सन कावानीको पासमा मार्क रेशफोर्डले गरेको एक मात्र गोल रेड डेविल्सलाई तीन अंक दिलाउन निर्णायक बन्यो । यो जितपछि २२ खेलबाट ३८ अंक जोडेको म्यानचेष्टर लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । उता पराजित वेस्ट ह्याम भने ३७ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...