उपाधि होडमा सिटीको पकड बलियो बन्दै

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगतर्फ साविक विजेता म्यानचेष्टर सिटीले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई १–० ले हराउँदै लिग उपाधि होडमा आफ्नो पकड थप बलियो बनाएको छ ।

बेल्जियन स्टार केभिन डि ब्रुईनले ७०औं मिनटमा गरेको एक मात्र सुन्दर गोल निर्णायक बन्दा लिगतालिकामा सिटीले १३ अंकको स्पष्ट अग्रता बनाउन पनि सफल भयो ।

यो नतिजापछि २२ खेलबाट ५६ अंक जोडेको सिटी शिर्ष स्थानमा यथावत छ । उता पराजित चेल्सी भने ४३ अंकका साथ दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...