साँघुरो जित निकाल्दै म्यानचेष्टर चौथो चरणमा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । साँघुरो जितका साथ म्यानचेष्टर युनाइटेड प्रतिष्ठित इङलिस एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राती सम्पन्न तेस्रो चरणको अन्तिम खेलमा म्यानचेष्टरले एस्टन भिल्लालाई शुन्यका विरुद्ध १ गोलले हराउँदै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको आठौं मिनटमै स्कट म्याकटमिनेले गरेको एक मात्र गोल रेड डेविल्सलाई चौथो चरणमा पुर्याउन निर्णायक गोल बन्यो ।

खेलमा चोटका कारण पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो भने मैदानमा उत्रिएका थिएनन् । यद्यपि घरेलु टोलीलाई एफए कपको अघिल्लो चरणमा पुग्न रोनाल्डोको अनुपसिथति बाधा बनेन ।


प्रतिक्रिया दिनुहोस

Loading...