बुण्डेसलिगामा लिडर बायर्न स्तब्ध (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । जर्मन बुण्डेसलिगा लिगलिडर बायर्न म्युनिखले शुक्रबार राती स्तब्धपुर्ण हार बेहोरेको छ । शुक्रबार भएको खेलमा बायर्नले बोरुसिया मोन्चेन ग्लाडबाचसँग १–२ को स्तब्धपुर्ण हार बेहोरेको हो ।

खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको बायर्नले हारलाई आत्मसात गर्न बाध्य बन्यो । खेलको १८औं मिनटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता बनाएर पनि बायर्न पराजित हुन पुग्यो ।

खेलको २७औं मिनटमा फ्लोरिन नियुहसले बोरुसियाका लागि पहिलो बराबरी गोल फर्काए । लगतै ३१औं मिनटमा स्टेफन लाइनरले दोस्रो गोल गर्दै पाहुना टोलीको जित पक्का गरे ।

यो हारका बावजुद १८ खेलबाट ४३ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ । उता महत्वपूर्ण तीन अंक बटुलेको बोरुसिया भने २२ अंकका साथ ११औं स्थानमा उक्लेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...