बार्सिलोनामा डानीको सुखद पूनःरागमन (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । करिब पाँच बर्षपनि बार्सिलोनाको जर्सीमा फर्किएका ब्राजिलियन लिजेण्ड डानी आल्वेसले क्याटलन जायन्टका लागि सुखद पूनःरागमन गरेका छन् ।

कोपा डेल रे तर्फ अन्तिम ३२ को खेलमा आल्वेसले खेलेको खेलमा साविक विजेता बार्सिलोनाले तेस्रो डिभिजनको टोली लिनारेस डेर्पोटिवो विरुद्ध २–१ को कठिन जित निकाल्यो ।

लिनारेसको घरेलु मैदानमा भएको खेलमा अग्रता पनि घरेलु टोलीले बनाएको थियो । १९औं मिनटमा डियाज सान्चेजले गोल गर्दा बार्सा खेलको शुरुवात मै झस्किएको थियो ।

यद्यपि दोस्रो हाफको ६३औं मिनटमा उस्माने डेम्बेलेले बार्साका लागि बराबरी गोल फर्काए । त्यसको ६ मिनट लगतै फेरान जुट्लाले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...