कोपा डेल रे मा रियलको उत्कृष्ट जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । स्पेनको प्रतिष्ठित कोपा डेल रे मा रियल मेड्रिडले बुधबार राती उत्कृष्ट जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

रियलले तेस्रो डिभिजनको टोली आल्कोयानोलाई उसकै घरमा ३–१ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । स्मरण रहोस, यो जितसँगै रियलले आल्कोसँग गत वर्ष कोपा डेल रे मै बेहोरेको २–१ को सनसनीपूर्ण हारको बदला पनि लिन सफल भएको छ ।

रियलको जितमा खेलको ३९औं मिनटमा इडर मिलिटाओले पहिलो गोल गरेका थिए । तर दोस्रो हाफको ६६औं मिनटमा डानी भेगाको गोलबाट आल्कोयानोले खेलमा बराबरी गर्न सफल भएको थियो ।

यद्यपि त्यसपछि भने रियल हावी बन्यो । ७६औं मिनटमा मार्को एसेन्सियोले रियलका लागि दोस्रो गोल फर्काए । त्यसको दुई मिनट लगतै जुआन जोसेले आत्मघाती गोल गर्दा आल्कायानो निराश बन्न पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...