‘बार्सिलोनाका खेलाडीको कारण’ : १२ गोल खाएका इल्डेनसका प्रशिक्षक

चैत २५ / इल्डेनस क्लबका प्रशिक्षक फिलिपो भिटो डे पियरोले बार्सिलोनाकै कारण क्लबले यति धेरै गोल खाएको बयान दिएका छन्। बार्सिलोना ‘बी’ टिमसँग १२ गोल खाएपछि खेल मिलेमतोको आरोपमा उनी पक्राउ परेका थिए ।

इल्डेनसले शीर्ष स्थानको बार्सिलोना ‘बी’ सँग १२–० को पराजय भोगेको थियो। क्लबका खेलाडीहरुले प्रशिक्षकले खेल मिलेमतोमा खेल्न आफूहरुलाई प्रस्ताव आएको बयान दिएका थिए । सोहि आधारमा स्पेन प्रहरीले पक्राउ गरेको थियो ।

पियरोले खेल मिलेमतोभन्दा पनि बार्सिलोनाले विपक्षी खेलाडीको आत्मसम्मान नहेरी १२ गोल भएको बयान दिएका छन्। प्रशिक्षक पियरोसहित क्लबका कार्यकारी अधिकृत, सहायक प्रशिक्षक र तीन खेलाडी पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...