बायर्नको रोमाञ्चक पूनःरागमन (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । जर्मन बुण्डेसलिगामा बायर्नले उत्कृष्ट पूनःरागमन गर्दै मेन्जलाई २–१ ले हराएर आफ्नो शिर्षतालाई कायम राखेको छ ।

बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलको २२औं मिनटमा करिम ओनिसिवोको गोलबाट मेन्जले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । पाहुना टोलीले त्यो अग्रतालाई पहिलो हाफसम्म कायम पनि राख्यो ।

तर दोस्रो हाफमा बायर्नले उत्कृष्ट पूनःरागमन गर्यो । ५३औं मिनटमा किंग्सले कोमनले बायर्नका लागि बराबरी गोल फर्काए । ७४औं मिनटमा जमल मुसिआलाले दोस्रो तथा निर्णायक गोल गर्दै बायर्नलाई रोमाञ्चक जित दिलाए ।

यो जितपछि १५ खेलबाट ३७ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ । शनिबार नै बोचुमसँग १–१ को बराबरी खेलेको बोरुसिया डर्टमुण्ड ३१ अंकका साथ दोस्रो स्थानमा छ । उता बायर्नसँग पराजित मेन्ज भने २१ अंकका साथ आठौं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...