स्टामफोर्ड ब्रीजमा चेल्सीको नाटकीय जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । अन्तिमतिर इन्जुरी समयमा पाएको पेनाल्टी प्रहारलाई इटालियन स्टार जर्जिन्होले गोलमा परिणत गरेपछि प्रिमियर लिगमा चेल्सीले शनिबार राती लिड्स युनाइटेडमाटि ३–२ को नाटकीय जित निकालेको छ । चेल्सीको जितमा जर्जिन्होको नाममा दुई गोल रह्यो । दुवै गोल उनले पेनाल्टीबाट गरे ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा शुरुवात िअग्रता भने लिड्सले लिएको थियो । २८औं मिनटमा राफिन्हाको पेनाल्टी गोलबाट पाहुना टोलीले सनसनीपूर्ण अग्रता लिएको थियो । तर पहिलो हाफ कै ४२औं मिनटमा मेसन माउण्टले चेल्सीका लागि बराबरी गोल फर्काए ।

रोमाञ्चक बनेको दोस्रो हाफको ५८औं मिनटमा जर्जिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीले खेलमा २–१ को स्थितिमा ल्याए । तर खेलको अन्तिमतिर ८३औं मिनटमा लिड्सका लागि जेलहार्डले दोस्रो गोल गर्दै पाहुना टोलीलाई खेलमा फेरि खेलमा फर्काएका थिए ।

यद्यपि इन्जुरी समयमा लिड्सका खेलाडीले एन्टोनियो रुडीगेरलाई बक्स भित्र लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई जर्जिन्होले नै कुनै गल्ती नगरी गोलमा परिणत गरेर घरेलु टोलीलाई रोमाञ्चक जित दिलाए ।

यो जितसँगै १६ खेलबाट ३६ अंक जोडेको चेल्सी लिगतालिकाको तेस्रो स्थानमा छ । उता पराजित लिड्स भने १६ अंकका साथ १५औं स्थानमा छ । त्यस्तै शिर्ष स्थानमा भने शनिबार नै वुल्भ्सलाई हराएको म्यानचेष्टर सिटी छ । र चेल्सी भन्दा २ अंकले मात्र अगाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...