युभेन्टस बन्यो समूह विजेता (भिडियोसहित)

काठमाडौं (एजेन्सी) समूह चरणको अन्तिम खेलमा जित हात पार्दै युभेन्टस समूह एचको समूह विजेताका रुपमा च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।

बुधबार राती युभेन्टस स्टेडियममा सम्पन्न खेलमा युभेन्टसले माल्मोलाई १–० ले हरायो । पहिलो हाफको १८औं मिनटमा मोइसे किनले युभेन्टसका लागि एक मात्र निर्णायक गोल गरे ।

समूह एच कै अर्को ृखेलमा साविक विजेता चेल्सीले जेनिट सेन्ट पिट्सबर्गसँग ३–३ गोलको बराबरी खेल्यो । बुधबारको त्यो नतिजापछि ६ खेलबाट १५ अंक जोडेको युभेन्टस शिर्ष स्थानमा रहँदै समूह विजेता बन्यो । १३ अंक जोडेको चेल्सी समूह उपविजेता बन्यो ।

त्यस्तै ५ अंक जोडेको जेनिट तेस्रो स्थानमा रह्यो र युरोपा लिगका लागि छनौट भयो । उता माल्मो भने १ अंकका साथ पुछारमा रहेर समूह चरणबाटै बाहिरियो ।


प्रतिक्रिया दिनुहोस

Loading...