लेस्टरमाथि भिल्लाको पूनःरागमन (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगमा आइतबार अबेर राती सम्पन्न खेलमा एस्टन भिल्लाले लेस्टर सिटीमाथि उत्कृष्ट पूनःरागमन गर्दै २–१ जित हात पारेको छ । १४औं मिनटमा एश्ली बार्नेसको गोलबाट अग्रता बनाएको लेस्टरले त्यसलाई केही बेर पनि जोगाउन सकेन ।

भिल्लाका लागि एज्री कोन्सा नायक रहे । कोन्साले १७औं मिनटमा भिल्लाका लागि बराबरी गोल फर्काए भने दोस्रो हाफको ५४औं मिनटमा दोस्रो थप्दै टोलीको महत्वपूर्ण जित पक्का गरे ।

यो जितपछि भिल्लाका नयाँ म्यानेजर तथा इङलिस लिजेण्ड स्टिभन जेरार्डको प्रिमियर लिगमा सुखद व्यवस्थापकीय यात्रा जारी रह्यो । जितपछि १५ खेलबाट १९ अंक जोडेको भिल्ला दशौं स्थानमा उक्लेको छ । उता पराजित लेस्टर भने समान १९ अंक भए तापनि ११औं स्थानमा खस्केको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...