पाँचौं स्थानमा उक्लियो युभेन्टस (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । यस सिजन इटालियन सिरि ए मा मिश्रित प्रदर्शन गरिरहेको युभेन्टसले आइतबार राती जिनोआमाथि २–० को जित निकाल्दै लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

युभेन्टसको जितमा जुआन क्वाडराडोले नवौं मिनटमा सिधै कर्नरबाट आकर्षक गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । सिरि ए मा कर्नरबाट सिधै गोल गर्ने उनी आठौं खेलाडी समेत बने ।

दोस्रो गोल भने खेलको अन्तिमतिर ८२औं मिनटमा पाउलो डायबलाले गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यो जितसँगै १६ खेलबाट २७ अंक जोडेको युभेन्टस लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उता पराजित जिनोआ भने १० अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...