ओल्ड ट्राफोर्डमा फ्रेड निर्णायक (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । म्यानचेष्टर युनाइटेडका अन्तरिम म्यानेजर राल्फ रंगनिकको पहिलो व्यवस्थापकीय जिम्मेवारीमा म्यानचेष्टर युनाइटेडले साँघुरो जित हात पारेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा म्यानचेष्टरले क्रिस्टल प्यालेसमाथि १–० को जित निकाल्यो । ७७औं मिनटमा ब्राजिलियन स्टार फ्रेडले गरेको एक मात्र गोल म्यानचेष्टरलाई जित दिलाउन निर्णायक बन्यो ।

यो जितपछि १५ खेलबाट २४ अंक जोडेको म्यानचेष्टर छैठौं स्थानमा छ । पराजित क्रिस्टल प्यालेस भने १६ अंकका साथ १३औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...