रियलको जित, बार्साको हार (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । स्पेनिस ला लिगातर्फ शनिबार दुई महारथी रियल मेड्रिडले सुखद नतिजा निकाल्दा बार्सिलोना भने खराब नतिजाबाट गुज्रिन पुग्यो । रियलले रियल सोसिडाडलाई २–० को हराएको दिन बार्सिलोना भने रियल बेटिससँग १–० ले पराजित हुन पुग्यो ।

रियलको जितमा ४७औं मिनटमा भिनिसियस जुनियरले पहिलो गोल गरे भने ५७औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेका लुका जोभिकले दोस्रो गोल थपेका थिए ।

यो जितसँगै १६ खेलबाट ३९ अंक जोडेको रियल शिर्ष स्थानमा छ र दोस्रो स्थानको टोली सेभिया भन्दा आठ अंकले अगाडी छ । सेभियाले शनिबार नै भिल्लारियललाई १–० ले हराएको थियो । साथै सेभियाले रियलले भन्दा एक खेल कम पनि खेलेको छ ।

त्यस्तै रियलसँग पराजित भएको सोसिडाड २९ अंकका साथ पाँचौं स्थानमा झरेको छ । त्यस्तै बार्सिलोना २३ अंकका साथ सातौं स्थानमा छ । बार्सालाई हराएको बेटिस भने ३० अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...