सान सिरोमा इन्टरलाई तीन अंक (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले इटालियन सिरि ए मा बुधबार राती महत्वपूर्ण तीन अंक जोडेको छ । घरेलु मैदान सान सिरोमा भएको खेलमा इन्टरले स्पेजियालाई २–० ले हरायो र महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

खेलको ३६औं मिनटमा रोबर्टोको गोलबाट इन्टरले खेलमा बनाएको थियो । त्यस्तै ५८औं मिनटमा लौतारो मार्टिनेजले पेनाल्टीका लागि दोस्रो गोल गर्दै इन्टरको जित पक्का गरेका थिए ।

यो जितसँगै १५ खेलबाट ३४ अंक जोडेको इन्टर लिगतालिकाको तेस्रौ स्थानमा छ । पराजित स्पेजिया ११ अंकका साथ रेलिगेशन क्षेत्र भन्दा एक स्थान माथि १७औं स्थानमा छ ।

बुधबार अबेर राती नै भएको अर्को खेलमा इन्टरको शहरी प्रतिद्वन्द्वी एसी मिलानले जिनोआलाई ३–० ले हरायो र आफ्नो दावेदारीतालाई कायम राख्यो । यो जितपछि १५ खेलबाट ३५ अंक जोडेको मिलान दोस्रो स्थानमा छ । पराजित जिनोआ भने १० अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।

त्यस्तै लिगतालिकाको शिर्ष स्थानमा भने ३६ अंक जोडेको नापोली छ । स्मरण रहोस, नापोलीले बुधबार राती नै भएको अर्को खेलमा सासुओलोसँग २–२ को बराबरी खेलेपछि त्यो नतिजाले दोस्रो र तेस्रो स्थानका दुई टोली इन्टर र एसी मिलानलाई फाईदा पुगेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...