सिटीका लागि सिल्वाको गोल निर्णायक (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । बर्नार्डो सिल्वाले पहिलो हाफ मै गरेको दोस्रो निर्णायक बन्दा इङलिस प्रिमियर लिगमा बुधबार राती साविक विजेता म्यानचेष्टर सिटीले एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित हात पारेको छ ।

भिल्ला पार्कमा भएको खेलको २७औं मिनटमा रुबेन डियाजको गोलबाट सिटीले खेलमा गोलको खाता खोलेको थियो । ४३औं मिनटमा सिल्वाले त्यो अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता दोस्रो हाफ शुरु भएको दोस्रो मिनटमै ओली वाटकिन्सले भिल्लाका लागि एक गोल फर्काए तापनि घरेलु टोलीको हार भने टार्न सकेनन । त्यस्तै भिल्लाका म्यानेजर तथा पूर्व इङलिस लिजेण्ड स्टिभन जेरार्डको यो प्रिमियर लिगमा पहिलो हार समेत थियो ।

यो जितसँगै १४ खेलबाट ३२ अंक जोडेको सिटी दोस्रो स्थानमा यथावत छ र आफ्नो उपाधि रक्षा गर्ने योजनामा यथावत छ । उता पराजित भिल्ला भने १६ अंकका साथ १३औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...