गुडिसन पार्कमा लिभरपुलको सहज जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगको उपाधिको दावेदार मध्ये एक लिभरपुलले बुधबार राती शानदार अवे जित हात पारेको छ । इभर्टनलाई उसकै घरमा ४–१ ले हराएको लिभरपुलले शिर्षताको होडमा आफ्नो दावेदारीतालाई पनि कायम राख्यो ।

गुडिसन पार्कमा भएको खेलको नवौं मिनटमै जोर्डन हेन्डरसनको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएको थियो । १९औं मिनटमा मोहमद सलाहले त्यो अग्रता दोब्बर पारे । यद्यपि ३८औं मिनटमा डेमराई ग्रेले इभर्टनका लागि गोल फर्काउँदै घरेलु टोलीलाई खेलमा फर्काउन प्रयास गरे तर सफल भएनन् ।

दोस्रो हाफको ६४औं मिनटमा मोहमद सलाहले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । लगतै ७९औं मिनटमा डिओगो जोटाले लिभरपुलका लागि चौथो गोल थप्दै पाहुना टोलीको शानदार जित पक्का गरे ।

यो जितसँगै १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । पराजित इभर्टन भने १५ अंकका साथ लिगतालिकाको १४औं स्थानमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...