युभेन्टसको ‘बाउन्स ब्इाक’ (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । लगातार दुई खेलमा हार्न पुगेर तनावमा रहेको इटालियन महारथी युभेन्टसले सिरि ए तर्फ मंगलबार राती महत्वपूर्ण जित हात पारेको छ ।

च्याम्पियन्स लिगमा चेल्सीसँग ४–० ले तथा सिरि ए मै घरेलु मैदानमा एटलान्टासँग १–० को निराश बनेको युभेन्टसले मंगलबार नवआगन्तुक टोली सेलरनिटानालाई उसकै घरमा २–० ले हरायो ।

युभेन्टसका लागि २१औं मिनटमा पाउलो डायबलाले पहिलो गोल गरे । ७०औं मिनटमा अल्वारो मोराटाले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे । यो जितपछि १५ खेलबाट २४ अंक जोडेको युभेन्टस सातौं स्थानमा छ । उता यसै सिजन बढुवा भएको पराजित सेलरनिटाना भने १५ खेलबाट ८ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...