इतिहाद स्टेडियममा सिटीको जित

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आफ्नो उपाधि रक्षा गर्ने योजनालाई यथावत राखेको छ । आइतबार भएको खेलमा सिटीले लण्डन वेस्ट ह्याम युनाइटेडलाई २–१ ले हरायो र शिर्षताको होडमा आफूलाई यथावत राख्यो ।

आयोजक इतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा दुवै गोल मिडफिल्डरको नाममा रह्यो । सिटीका लागि ३३औं मिनटमा इल्काय गुन्डोगनले पहिलो गोल गरे । ९०औं मिनटमा फर्नान्डिन्होले त्यो अग्रता दोब्बर पारे । त्यस्तै अन्तिमतिर इन्जुरी समयमै वेस्ट ह्यामका लागि म्यानुअल लेन्जिनीले एक गोल फर्काए तापनि पाहुना टोलीको हार टार्न सकेनन् ।

यो जितसँगै १३ खेलबाट २९ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । एक खेल कम खेलेको चेल्सीको पनि समान २९ अंक छ र शिर्ष स्थानमा छ । चेल्सीले आइतबार नै राती म्यानचेष्टर युनाइटेडसँग खेल्दैछ । त्यस्तै उता पराजित वेस्ट ह्याम भने २३ अंकका साथ चौथो स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...