भारी हिमपातका कारण प्रिमियर लिगको खेल स्थगित

काठमाडौं (एजेन्सी) । भारी हिमपात परेपछि इङलिस प्रिमियर लिगतर्फ टोटेनह्याम हटसपुर र बर्नलीबीचको खेल स्थगित गरिएको छ । खराब मौसमका कारण प्रिमियर लिगले खेल शुरु हुनु भन्दा ५० मिनट अघि खेल स्थगित गरेको हो ।

उक्त खेल बर्नलीको घरेलु मैदान टर्फ मुरमा हुने कार्यक्रम थियो । म्याच रेफ्री पिटर बेंक्सले खेल सुचारु गर्ने योजना बनाए तापनि मैदानमा परेको हिउँ हटाएको १० मिनट मै फेरि हिउँ जम्न थालेपछि खेल स्थगित गर्नुपरेको बताए ।

प्रिमियर लिगको खेलतालिकामा टोटेनह्याम १२ खेलबाट १९ अंकका साथ सातौं स्थानमा छ । उता बर्नली भने ९ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा संघर्षरत छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...