हालण्डले बनाए रेकर्ड

काठमाडौं (एजेन्सी) । चोटपछि मैदान फर्किए लगतै युवा स्टार इर्लिङ हालण्डले सुखद शुरुवातका साथ किर्तिमान पनि बनाएका छन् । शनिबार बुण्डेसलिगामा वुल्फ्सबर्गलाई उसकै घरमा ३–१ ले हराउँदा बोरुसिया डर्टमुण्डका लागि तेस्रो गोल सुन्दर भली गोलका रुपमा हालण्डले नै गरेका थिए ।

बुण्डेसलिगाको ५०औं म्याच खेलिरहेका २१ बर्षिय हालण्डले ५०औं गोलको आँकडा पनि छुन सफल भए । योसँगै बुण्डेसलिगामा ५० गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी समेत बने ।

शनिबारको जितपछि लिगतालिकामा डर्टमुण्ड १३ खेलबाट ३० अंकका साथ दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भने ३१ अंकका साथ शनिबार नै अर्मिनियालाई १–० ले हराएको बायर्न म्युनिख रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...