युभेन्टस घरमै स्तब्ध (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । नयाँ सिजनको शुरुवातबाटै लिगमा मिश्रित प्रदशन गरिरहेको इटालियन महारथी युभेन्टसले शनिबार राती घरमै एटलान्टासँग १–० को स्तब्धपुर्ण हार बेहोरेको छ ।

युभेन्टस स्टेडियममा सम्पन्न खेलको २८औं मिनटमा डुवान जापाटाले गरेको एक मात्र गोल एटलान्टालाई युभेन्टस माथि ऐतिहासिक जित दिलाउन निर्णायक बन्यो । स्मरण रहोस, एटलान्टाले युभेन्टसलाई उसकै घरमा सन् १९८९ पछि पहिलोपटक हराउन सफल भएको हो ।

यो जितसँगै १४ खेलबाट २८ अंक जोडेको एटलान्टा लिगतालिकाको चौथो स्थानमा छ । र लिगलिडर नापोली भन्दा ४ अंकले पछाडी छ । उता पराजित युभेन्टस भने २१ अंकका साथ आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...