ला लिगामा बार्साको रोमाञ्चक जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । अन्तिम समयमा दुई गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि उसकै घरमा ३–१ को रोमाञ्चक जित निकालेको छ । एक समय खेल बराबरीतर्फ लम्किरहेका बेला बार्साले खेलमा नाटकीय जित दर्ता गर्न सफल भयो ।

खेलमा अग्रता पनि बार्साले नै लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएइ तापनि दोस्रो हाफको तेस्रो मिनटमै फ्रेन्की डि जोंगले क्लोज रेन्जबाट गोल गर्दै बार्सालाई खेलमा अग्रता दिलाएका थिए । तर त्यो अग्रता जाभीको टिमले कायम राख्न सकेन ।

७६औं मिनटमा सेमुअल चुकवेजीले भिल्लारियलका लागि बराबरी गोल फर्काए । त्यसपछि भने बार्साले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । ८८औं मिनटमा मेम्फिस डिपेले बार्साका लागि दोस्रो गोल फर्काए भने लगतै इन्जुरी समयमा फिलिपे कुटिन्होले पेनाल्टीबाट तेस्रो गोल गर्दै पाहुना टोलीको रोमाञ्चक जित पक्का गरे ।

यो जितपछि १४ खेलबाट २३ अंक जोडेको बार्सा सातौं स्थानमा छ । पराजित भिल्लारियल भने १६ अंकका साथ १२औं स्थानमा छ । एक खेल कम खेलेको बार्साको चिरप्रतिद्वन्द्वी रियल मेड्रिड भने ३० अंकका साथ शिर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...