जोटाको दुई गोलसँगै दोस्रो स्थानमा लिभरपुल

काठमाडौं (एजेन्सी) । डिओगो जोटाले दुई गोल गरेको खेलमा लिभरपुलले उत्कृष्ट जित निकाल्दै प्रिमियर लिगमा लिगतालिकाको दोस्रो स्थानमा पुगेको छ ।

शनिबार एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले साउथाम्पटनलाई ४–० ले हरायो । रेडसका लागि खेलको दोस्रो र ३२औं मिनटमा जोटाले दुई गोल गरे । ३७औं मिनटमा थियागो अलकन्ताराले तेस्रो गोल थपे । त्यस्तै अन्तिम गोल ५२औं मिनटमा डिफेन्डर भर्जिल भान डाइकले गरे ।

यो नतिजापछि १३ खेलबाट २८ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । र लिगलिडर चेल्सी भन्दा १ अंकले पछाडी छ । यद्यपि चेल्सीले एक कम खेलेको छ । उता साविक विजेता म्यानचेष्टर सिटी २६ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै लिभरपुलसँग पराजित स ाउथाम्पटन भने १४ अंकका साथ १४औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...