आर्सनलको जित, न्युक्यासलको संघर्ष जारी

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगमा आर्सनलले लिगतालिकाको पुछारमा संघर्ष गरिरहेको न्युक्यासल युनाइटेडलाई २–० ले हराएको छ । घरेलु मैदान इमिरेन्टस स्टेडियममा भएको खेलमा आर्सनलले दुवै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो ।

५६औं मिनटमा बुकायो साकाको गोलबाट आर्सनलले खेलमा अग्रता लिएको थियो । लगतै चोटिल बनेर मैदान छाडेका साकाको स्थानमा मैदान प्रवेश गरेका ग्याब्रिल मार्टिनेलीले ६६औं मिनटमा दोस्रो गोल थप्दै गनर्सको जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै १३ खेलबाट २३ अंक जोडेको आर्सनल लिगतालिकाको पाँचौं स्थानमा छ । उता जितविहीन आर्सनल भने ६ अंकका साथ पुछारमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...