प्ले अफको एउटै समूहमा पोर्चुगल र इटाली

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२२ को युरोपियन प्ले अफ छनौटतर्फ दुई युरोपियन महारथी पोर्चुगल र इटाली एउटै पाथ वेमा परेका छन् । जसको अर्थ यी दुई टोली मध्ये केवल एक टोलीले मात्र विश्वकपमा सहभागिता जनाउने अवसर पाउने छन् । वा दुवै टोलीले विश्वकप विही पनि हुन सक्छन् ।

पाथ सी मा रहेका पोर्चुगल र इटालीले प्ले अफ सेमिफाइनलतर्फ टर्की र उत्तरी मेसिडोनियाको सामना गर्नेछन् । जुन खेलहरु २४ मार्चका दिन हुने तय भएको छ । त्यस्तै पाथ ए को सेमिफाइनल प्ले अफमा स्कटल्याण्डले युक्रेनको सामना गर्नेछ भने वेल्सले अष्ट्रियासँग खेल्नेछ ।

पाथ बी को सेमिफाइनल प्ले अफमा भने रसियाले पोल्याण्ड तथा स्वीडेनले चेक रिपब्लिकसँग खेल्ने तय भएको छ । प्ले अफ सेमिफाइनलका सबै खेलहरु २४ मार्चका दिन हुने छन् । त्यस्तै फाइनल २९ मार्चका दिन हुते भएको छ । प्रत्येक प्ले अफ फाइनलको विजेता टोली गरि कुल ३ टोली आगामी बर्ष हुने कतार विश्वकपका लागि छनौट हुने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...