लिभरपुलको शतप्रतिशत जित, एटलेटिको हार्यो

काठमाडौं (एजेन्सी) । च्याम्पियन्स लिगमा शतप्रतिशत जित हात पारेको लिभरपुल समूह बी को शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । साथै एक खेल अगावै रेडस समूह विजेता बन्ने पनि लगभग निश्चित भएको छ ।

बुधबार राती एनफिल्डमा भएको खेलमा लिभरपुलले पोर्टोलाई २–० ले हरायो । खेलमा रेडसले दुवै गोल दोस्रो हाफमा गर्यो । पहिलो गोल ५२औं मिनटमा थियाो अलकन्ताराले गरे भने दोस्रो गोल ७०औं मिनटमा मोहमद सलाहले गरे ।

समूह बी कै अर्को खेलमा एसी मिलानले एटलेटिको मेड्रिडलाई १–० को साँघुरो अन्तरले हरायो । मिलानका लागि जुनियर मेसियासले एक मात्र निर्णायक गोल गरे ।

बुधबारको नतिजापछि समूह बी मा ५ खेलबाट १५ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ । ५ अंकका साथ पोर्टो दोस्रो स्थानमा रहँदा ४–४ अंक जोडेका मिलान र एटलेटिको क्रमशः तेस्रो र चौथो स्थानमा छन् । साथै यी तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । जुन समूह चरणको अन्तिम खेलबाट टुंगो लाग्नेछ ।

समूह बी को अन्तिम खेलहरु नोभेम्बर ७ तारीखका दिन हुनेछ । जहाँ लिभरपुलले मिलानको सामना गर्नेछ भने एटलेटिकोले पोर्टोसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...