शेरिफसँग रियलको बदला (भिडियोसहित)

काडमाडौं (एजेन्सी) । युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमै बेहारेको सनसनीपूर्ण हारको बदला रियल मेड्रिडले बुधबार राती लिएको छ । रियलले मोल्डोभन क्लबसँग पहिलो लेगमा घरेलु मैदान मै २–१ को सनसनीपुर्ण हार बेहोरेको थियो ।

यद्यपि बुधबार राती रियलले शेरिफलाई उसकै घरमा ३–० ले हराउँदै समूह डी बाट नकआउट चरणमा प्रवेश गर्न पनि सफल भयो । रियलको जितमा खेलको ३०औं मिनटमा डेविड अलाबाले पहिलो गोल गरे । पहिलो हाफ कै इन्जुरी समयमा टोनी क्रुजले त्यो अग्रता दोब्बर बनाए भने ५५औं मिनटमा करिम बेन्जेमाले तेस्रो गोल थप्दै रियलको जित जित पक्का गरे ।

समूह डी कै अर्को खेलमा इन्टर मिलानले शख्तर डोनेस्कलाई २–० ले हरायो । इन्टरको जितमा दुवै गोल इडिन जेकोले गरे । बुधबारको न ितजापछि समूह डी मा १२ अंक जोडेको रियल र १० अंक जोडेको इन्टर नकआउट चरणमा प्रवेश गरेका छन् । ६ अंक जोडेको शेरिफ युरोपा लिगका लागि छनौट भएको छ भने शख्तर समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेल ७ नोभेम्बरका दिन हुनेछ । जहाँ रियलले इन्टरको सामना गर्नेछ भने शेरिफले शख्तरसँग भिड्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...