सिटीसँग निराश बन्यो पिएसजी (भिडियोसहित)

काठमाडौ (एजेन्सी) । इङलिस च्याम्पियन म्यानचेष्टर सिटी प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको नकआउट प्रवेश गरेको छ । बुधबार राती भएको समूह ए तर्फको हेभिवेट भिडन्तमा सिटीले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–१ ले हरायो । साथै पहिलो लेगमा बेहोरेको २–० को हारको बदला पनि सफल भयो ।

सिटीको घरेलु मैदानमा भएको खेलमा अग्रता भने पिएसजीले लिएको थियो । ५०औं मिनटमा काइलन एम्बाप्पेको गोलबाट पिएसजीले इतिहाद स्टेडियममा शुरुवाती अग्रता बनाएको थियो । तर खेलमा सिटीले उत्कृष्ट पूनःरागमन गर्न सफल भयो ।

६३औं मिनटमा रहिम स्टर्लिङले सिटीका लागि बराबरी गोल फर्काए भने ७६औं मिनटमा ग्याब्रिल जिसुसले सिटीका लागि दोस्रो तथा निर्णायक गोल गर्दै घरेलु टोलीलाई रोमाञ्चक जित दिलाए ।

समूह ए कै अर्को खेलमा आरबी लिपजिगले क्लब ब्रुगीमाथि ५–० को जित दर्ता गर्यो । बुधबारको नतिजापछि ५ खेलबाट १२ अंक जोडेको सिटी शिर्ष स्थानमा छ भने ८ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ । साथै यी दुवै टोली च्याम्पियन्स लिगको न कआउट चरणमा प्रवेश गर्न सफल पनि भएका छन् ।

त्यस्तै ४–४ अंक जोडेका लिपजिग र क्लब ब्रुगी क्रमशः तेस्रो र चौथा े स्थानमा छन् । साथै समूहको अन्तिम खेलबाट यी दुई टोली मध्ये एक टोलीको युरोपा लिगमा पुग्ने टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...