बायर्नको शतप्रतिशत जितको यात्रा जारी (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले च्याम्पियन्स लिगमा लगातार नवौं खेलमा पनि गोल गरेपछि बायर्न म्युनिखले मंगलबार राती डाइनामो किवलाई उसकै घरमा २–१ ले हराएको छ ।

बायर्नका लागि १४औं मिनटमा लेवान्डोस्कीले पहिलो गोल गरे भने ४४औं मिनटमा किंग्सले कोमनले दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता डाइनामोका लागि ७०औं मिनटमा डेनिज हमाशले गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

समूह ई कै अर्को खेलमा बार्सिलोना र बेनफिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । मंगलबारको नतिजापछि समूह ईमा ५ खेलबाट १५ अंक जोडेको बायर्न शिर्ष स्थानमा छ र नकआउट चरणमा प्रवेश गरेको छ ।

७ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा छ र नकआउट चरणमा प्रवेश गर्न बार्साले ८ डिसेम्बरका दिन हुने बायर्न विरुद्धको खेलमा जित निकाल्नु पर्ने । बेनफिका ५ अंकका साथ तेस्रो स्थानमा छ भने १ अंक जोडेको डाइनामो पुछारमा छ र समूह चरणबाट बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...